बाजुराको बडिमालिकामा नेपाल टेलिकमको टावर निर्माण, 4G सेवा सञ्चालन

बाजुरा: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा नेपाल टेलिकमले टावर निर्माण गरी 4G सेवा सञ्चालनमा ल्याएको छ ।

समुद्र सतहबाट करिब ४ हजार २०५ मिटरको उचाइमा रहेको बडिमालिकाको करिब ४ हजार २३० मिटर उचाइमा नेपाल टेलिकमको टावर निर्माण गरिएको हो। टावर निर्माण सम्पन्न भएसँगै बडिमालिका क्षेत्रमा 4G सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।

टावर निर्माण कार्यमा नेपाल टेलिकमका इलेक्ट्रोनिक इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियरदिपक भट्ट लगायतका प्राविधिक रहेका थिए ।

टावर निर्माण कार्य सम्पन्न भएपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टावर निर्माण स्थलमा खटिएका प्राविधिक तथा कर्मचारी र बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्कालगायतलाई भिडियो कलमार्फत धन्यवाद व्यक्त गरेका छन् ।

टावर निर्माणसँगै दुर्गम तथा उच्च हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तार हुनुका साथै बडिमालिका क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...