कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन् ।

कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन् । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका-१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...