रसुवा बाढीपीडितका लागि ज्ञानज्योति स्कुलको १ लाख २२ हजार सहयोग

अत्तरिया : कैलालीको गोदावरी-२ तेघरी स्थित ज्ञानज्योति सेकेण्डरी स्कूलले रसुवाका बाढीपीडितका लागि १ लाख २२ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

विद्यालय परिवारले विपत्तिमा परेका नागरिकप्रति दुःख व्यक्त गर्दै आफ्नो सानो सहयोगले पीडितको जीवनमा आशा जगाउने विश्वास व्यक्त गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...