रसुवा बाढीपीडितलाई धर्मेश्वर फाउन्डेसनको १ लाख ५ हजार सहयोग

अत्तरिया: स्वर्गीय बुबा धर्म सिंह देउवाको स्मृतिमा चार दाजुभाइले स्थापना गरेको धर्मेश्वर फाउन्डेसनले रसुवाका बाढीपीडित परिवारका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

गणेश देउवा, गोपाल देउवा, मान देउवा (मनिस), बिरेन्द्र देउवा (सम्राट) चार दाजुभाइको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो । क्यानडामा रहेका मान देउवा, विरेन्द्र देउवा सहित चारै दाजुभाइले विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले फाउन्डेसनमार्फत रकम उपलब्ध गराएका हुन् ।

फाउन्डेसनका तर्फबाट गणेश देउवाले “पीडामा साथ, दुःखमा सहयोग-यही हो हाम्रो धर्म र मानवीयता” भन्दै विपत्तिमा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा आफ्नो सहयोगले केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे ।

रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराईएको जनाइएको छ ।

यस फाउन्डेसनले विगतका दिनमा गरिब, असाहय, अनाथ लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दे आएको बताईएको छ ।

Deep Jyoti Pustak psl
Loading...