भोटेकोशी बाढीमा सम्पर्कविहीन जोशीको कुशको शव बनाएर गोदावरीमा अन्तिम संस्कार

धनगढी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन धनगढी उपमहानगरपालिका-१२, जुगेडाका शिवशंकर जोशीको परिवारले आज कैलालीको गोदावरी आर्यघाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

मैलुन खोला जलविद्युत् आयोजनामा अपरेटरका रूपमा कार्यरत जोशी बाढीपछि सम्पर्कविहीन भएका थिए । लामो समयसम्म अवस्था अज्ञात रहेपछि परिवारले उनको खोजी तथा उद्धारका लागि आग्रह गर्दै आएको थियो ।

भोटेकोशी बाढीमा सुदूरपश्चिमबाट सम्पर्कविहीन भएका २८ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसके पनि जोशी भने अझै सम्पर्कमा आउन सकेका थिएनन् ।

Deep Jyoti Pustak psl
Loading...