रसुवा बाढीपीडितका लागि जनकल्याण स्कुलको ७७ हजार सहयोग

अत्तरिया : कैलालीको गोदावरी-२ तेघरी स्थित जनकल्याण इङ्लिस स्कूलले रसुवाका बाढीपीडितका लागि ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका संस्थापक यज्ञराज हमालले रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताएका छन् ।

विद्यालय परिवारले विपत्तिमा परेका नागरिकप्रति दुःख व्यक्त गर्दै आफ्नो सानो सहयोगले पीडितको जीवनमा आशा जगाउने विश्वास व्यक्त गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...