बाढीपीडितका लागि राहत सामग्रीसहित नुवाकोट जाँदै देउवा

काठमाडौं  :  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्।

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले पु¥याएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

Deep Jyoti Pustak psl
Loading...