गोदावरी-३ चौकीडाँडाबाट ३१ लाख बढीको अवैध सामानसहित भारतीय ट्रक चालक पक्राउ

अत्तरिया: कैलालीमा ३१ लाख बढीको अवैध सामानसहित भारतीय मिनी ट्रक चालक पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट बिहीबार दिउँसो २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, जिल्लाका विभिन्न स्थानबाट थप साढे पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ । पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक तथा किराना सामान लगायत पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।

Deep Jyoti Pustak psl
Loading...