अत्तरिया : कैलालीको अत्तरियाबाट ११ ग्राम २ सय ८० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् ।
बुधवार गोदावरी नगरपालिका–१ अत्तरियाबाट धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोड बस्ने ३१ वर्षीय हितेश साहु पक्राउ परेका हुन ।
उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको थियो ।