अत्तरिया : कञ्चनपुरमा मंगलबार तीन लाख बढीका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले भीमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्क र भीमदत्त–५ बनगाउँबाट सामान बरामद गरेको हो।
लुकाई छिपाई राखिएका भन्सार छलीका सामान अन्दाजी ३ लाख ३२ हजार मुल्य बराबरका चिनि, चामल, बिभिन्न किसिमका कपडा लगायत फेला पारी बरामद गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
बरामद गरिएका सामान मंगलबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको डाँगीले जानकारी दिए।
