नेपाली कांग्रेस कैलाली-४ को सभापतिका लागि कुँवर र कार्कीको उम्मेदवारी

अत्तरिया : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापति पदका लागि विजय कुँवर र सुरत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली सोमबार राति ९ बजे प्रकाशन गरिनेछ। त्यसपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ।

क्षेत्रीय सभापति चयनका लागि करिब ७२५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनसँगै प्रदेश प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पनि अघि बढाइएको छ ।

Loading...