कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-४ गोबरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
शनिबार साँझ बागमती प्रदेश ०२०१५ क ४७८५ नम्बरको मोटरसाइकल र लु ९६ प ७०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा भीमदत्त नगरपालिका-१६ का रोहित भट्ट, वडा नम्बर ६ का ललित कुँवर र दोधाराचाँदनी नगरपालिका-२ का हर्श शाही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।