कञ्चनपुरमा एक सामुदायिक वनभित्र शव फेला

कञ्चनपुर : कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर–४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो।

नाम थर नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव बुधवार साँझ ४ः३५ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...