सेहरीमा महायज्ञ संचालन हुने

श्याम बोहरा,अत्तरिया : कैलालीको गोदावरी नगरपालीका ९ भल्का सेहरीमा महायज्ञ संचालन हुने भएको छ । श्री शिवकुण्ड महादेव ग्वासी समैजी देवता विराट धार्मीक महायज्ञ २०८० को मुल आयोजनामा मंसीर १५ गतेबाट २१ गतेसम्म महायज्ञ संचालन हुने भएको हो।

पर्यटकीय स्थल भल्काको सर्वांगीण बिकास र प्रचार प्रसार का लागी महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका संयोजक रामेश्वर ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी महायज्ञको तयारीमा जुटेका छौ,कलश संकलनको कार्य भइरहेको छ । अहिले महायज्ञको तयारीमा सबै गाउँले र मुल समीती जुटेको छ ।” शुन्य लागत र गाउँका सबैको सहकार्य र सहयोग मा महायज्ञको आयोजना गरिएको ओझा बताउँछन्।

महायज्ञमा प्रमुख वाचक श्री अच्युतशरण महाराज ज्यु (धिताल) रहनुहुनेछ भने महायज्ञमा बालसंस्कार अभियन्ता पुज्य समीक्षा गिरी ज्यु पनी आउनुहुने भएका छन। महायज्ञको प्रमुख ब्यवस्थापनमा रेशम गीरी र यज्ञ आचार्य पण्डित मा श्री वासुदेव जोशी रहनुभएको छ ।

उक्त महायज्ञमा भक्तजनका लागी तुलादान,भुमिदान, गौदान,प्रसाद वितरण, विशेष पुजा, ब्रतबन्ध, विवाह, ग्रहशान्ति र अन्य सेवाहरु उपलब्ध गराइने मुल आयोजक समितिका सहसंयोजक अमरसिंह राना ले बताउनुभयो।

महायज्ञमा दैनिक कार्यहरूमा विहान ६ बजेदेखि ७ वजेसम्म योग बिज्ञान शिविर,८ बजेदेखि १२ बजेसम्म श्रीमद्भागवत को पाठपारायण, पुजाअर्चना र १००८ शालिग्राम परिक्रमा, दिउँसो १२ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरुद्वारा भजन कीर्तन को प्रदर्शन आरती, पुष्पाञ्जलि तथा प्रसाद वितरण,साझ ६ बजेदेखि ७ बजेसम्म बाल संस्कार र साँझ सात ३० देखी दस ३० सम्म रात्रीकालीन कथा प्रवचन,भजन कीर्तन झाँकी प्रदर्शन रहेको मुल आयोजक समितिका महासचिव दुर्गा भण्डारी ले बताउनुभयो।

महायज्ञमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने मुल आयोजक समितिका कोषाध्यक्ष अनिता चौधरी ले बताउनुभयो।

Loading...