युद्धविरामको पहिलो चरणमै कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल

अत्तरिया : ईजरायल र हमास समुहबिच आजदेखी युद्धविराम लागु भएको छ । पहिलो चरणमा लागु भएको ४ दिने युद्धविराममा कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि पहल थालिएको छ ।

सरकारले युद्धविरामको अवधीमा विपिन जोशीको रिहाईका लागि इजरायली राजदुत मार्फत अनुरोध गरेको हो । परराष्ट्रमन्त्री एनपि साउँदले नेपालका लागि इजरायली राजदुत हनान गोदेरलाई भेटेर युद्धविरामको अवधीमा विपिनको रिहाईका लागि पहल थालिदिन अनुरोध गरेका छन ।

उनले बिहिबार मन्त्रालयमै गोदेरसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा राजदुत गोदेरले विपिनको रिहाईलाई इजरायली सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।

युद्धविरामको यस अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तगर्त भदौ अन्तिम साता इजरायल पुगेका विपिन गएको असोज २० गते हमास समूहले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाईएका बताईएको छ ।

Deep Jyoti Pustak psl
Loading...