अत्तरिया : ‘दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि धनगढीको आयोजनामा दोस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो ।
सुदूरपश्चिममा पहिलो पटक प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९ कार्यक्रम भब्यताका साथ सम्पन्न गरिए सगै अर्को सस्करण दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. का अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए । देउडा, चौधरी राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, गायक र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने उनले बताए ।
चौधरी मौलिक गीत, राना मौलिक गीत, देउडा मौलिक गीत, फ्युजन देउडा, लोक देउडा विधाहरु अवार्डको लागि छनौट हुनेछन भने अडियोतर्फ गीतकार, संगीतकार, एरेन्जर, गायक गायिका रहनेछन । त्यस्तै भिडियो तर्फ मोडल ९पुरुष०, मोडल ९महिला०, छायांकार, सम्पादक र निर्देशक रहने आयोजकले जनाएको छ ।
दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’अवार्ड प्रतिस्पर्धाको लागि असोज १६ गते देखि आवेदन फाराम खुल्ला गरीएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि.की सचिव कृष्णा सिडारीले जानकारी दिईन् ।
