बझाङमा भिरबाट लडेर २२ वर्षीया महिला घाइते

बझाङ : बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन्।

जिल्लाको बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बाग शनिवार (आज) बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्।

उनलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Loading...