गोदावरी नगरपालिकाले गर्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको छ ।

आज नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट र ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले सामुहिक रुपमा १६ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अभियानको सञ्चालन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले महिलामाथी विभीन्न किसिमले हुने हिंसा अन्त्य गर्नुपर्ने बताएकी छन । उनले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने भन्दै महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताएकी हुन ।

महिला, बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले १६ दिनसम्म नगरपालिकाका विभीन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री प्रसारण गर्ने योजना रहेको बताईन् ।

त्यस्तै नगरपालिकाभित्र काम गर्दै आएका विभीन्न संघ सँस्थाहरुले पनि महिला विकास शाखासंग समुन्वय गरी विभीन्न कार्यक्रमहरु गर्ने भएका छन् ।

यो अभीयान यस वर्ष नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरुपमा मनाइँदै छ ।

Nabadurga Sunchadi
Loading...