नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन सुदुरपश्चिमको १२औं प्रदेश अधिवेशन २६ र २७ गते हुदै
अत्तरिया : नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन सुदुरपश्चिमको १२औं प्रदेश अधिवेशन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल राष्ट्रिय कर्मचारी युनियनको प्रदेश अधिवेशन यहि असोज २६ र २७ गते हुने भएको हो ।
उक्त अधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रदेश प्रतिनिधि छनोटको काम सकिएको राष्ट्रिय कर्मचारी युनियन सुदुरपश्चिमका अध्यक्ष लोकेन्द्र विष्टले बताए । उनका अनुसार अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरी तयारी तिब्र रुपमा भइरहेको छ ।
हालको कार्य समितिको कार्यकाल फागुनमा सकिएको अध्यक्ष बिष्टले बताए । प्रदेश अधिवेशन कैलालीको अत्तरियामा हुने भएको छ ।