धनगढीको रोमाञ्चक जित

काठमाण्डौ : नेपाल सुपर लिग एनएसएल मा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेडलाई हराएको छ ।

आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले वीरगञ्जलाई २–१ गोलले हरायो ।

धनगढीका लागि फोडे फोफाना र अहमद हिजादीले गोल गरे भने वीरगञ्जका हान्स क्वोफीले एक गोल फर्काए । १–१ गोलको बराबरीमा रहेको खेलको ९० मिनेटमा गोल गरेपछि धनगढी विजयी भयो । धनगढी गएको संस्करणको उपविजेता हो ।

गएको शुक्रवारदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । एनएसएलको दोस्रो संस्करणमा नौ वटा टोली सहभागी छन् ।

Nabadurga Sunchadi
Loading...