कञ्चनपुरमा एक घरमा आगलागी , २० हजार बराबरको क्षती

कञ्चनपुर : कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो।

आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...