लालझाडीका इन्जिनियर अवस्थी माथि हातपात

कञ्चनपुर : कञ्चनपुरको लालझाडीका इन्जिनियर माथि हातपात गरिएको छ । लालझाडी गाउँपालिका ईन्जिनियर राम प्रशाद अवस्थी माथि निर्माण व्यवसायीले हातपात गरेका हुन ।

लालझागीको कञ्ज गाउँमा निर्माणाधिन सडक कालोपत्रे निर्माणस्थलमा इन्जिनियर अवस्थी माथि ठेकदार कम्पनी कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक भीम बहादुर रानाले हातपात गरेका छन ।

गाउँपालिकाले गत आर्थिक वर्षमा एक किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का दिएको थियो । सडक निर्माणका विषयलाई लिएर दुबै जना विवाद भएपछि हातपात गरिएको हो ।

इन्जनियर अवस्थीले भने आफूले सडक निर्माण गुणस्तर बनाउनु पर्ने बताएपछि कुटपिट गरिएको बताएका छन् ।

ठेकेदार रानाले भने इन्जिनियर अवस्थीले आफूलाई सुरुदेखि दुःख दिँदै आएको र आफूसित डेढ लाख घुस मागेपछि धकेलाधकेल भएको बताएका छन । उता गाउँपालिकाले भने घटनाको बारेमा जानकारी नभएको बताएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाले आफू जिल्ला बाहिर भएकाले घटनाको बारेमा जानकारी नभएको बताए ।

Loading...