बझाङका १६ वर्षीय बालक ४ दिनदेखी बेपत्ता

बझाङ : बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता भएका छन्।

बझाङ जिल्ला घर भई हाल कैलालीको जोशिपुर गाउँपालिका–५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती गत शुक्रवारबाट सम्पर्क विहीन भएका हुन्।

शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए।

शेरबहादुरलाई कसैले देखे वा भेटेमा ८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।

Deep Jyoti Pustak psl
Loading...