डोटीमा एक युवक मृत फेला, हत्याको आशंका

डोटी : डोटीमा एक जनाको शव फेला परेको छ। मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन्।

अहिले प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए। मृतका आफन्तले समीरको हत्या भएको आशंका गरेका छन्।

स्थानीय रोशन कोलीले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताए।

उनले घटनाको छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...