कञ्चनपुरकी ३३ वर्षीया लक्ष्मी १५ दिनदेखि बेपत्ता

अत्तरिया : कञ्चनपुरकी एक महिला १५ दिनदेखि बेपत्ता छिन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १०, भीम वस्तीकी ३३ वर्षीया लक्ष्मी बिष्ट कात्तिक २८ गते साँझ ५ बजेको समयमा घरबाट निक्लेकोमा मङ्गलवारसम्म फेला नपरेकी हुन्।

धनगढीकी एक जना साथीबाट ४ हजार रुपैयाँ सापटी लिएकी बिष्टको घरमा पैसा मग्न गएकी ती साथीसँग झगडा भएको र त्यसपछि लक्ष्मी घरबाट बेपत्ता भएको लक्ष्मीका श्रीमान हेमन्त बिष्टले बताए।

तीन सन्तानकी आमा बिष्टको खोजी गर्न पति हेमन्तले इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा जाहेरी दिएको बताएका छन्।

५ फिट १ इन्च उचाइ भएकी गहुँ गोरो वर्णकी बिष्टलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी या मोबाइल नम्बर ९८४७१८०८३४ मा सम्पर्क गर्न हुन परिवारले आग्रह गरेको छ।

Deep Jyoti Pustak psl
Loading...