साँफे–मार्तडी सडक खण्डमा ४ महिनाको अवधिमा ११ सवारी दुर्घटना

बाजुरा : बाजुराको साँफे–मार्तडी सडक खण्डमा ११ सवारी दुर्घटना भएका छन । पछिल्लो ४ महिनाको अवधिमा सो सडकमा मात्रै ११ वटा सवारी दुर्घटनामा परेका हुन ।

जिल्लामा चार महिनाको अवधिमा १२ वटा सवारी दुर्घटना भएकोमा ११ दुर्घटना साँफे–मार्तडी सडक खण्डमा भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा १२ वटा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।

जिल्लामा सबै भन्दाबढि सवारी दुर्घटना दशै तिहारको समयमा भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताए ।

Loading...