भारतले नेपाललाई दियो २० ओभरमा ४ विकेट गुमाएर २०२ रनको लक्ष्य

१९ औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

चीनको झेजिङ युनिभर्सिटीको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको भारतका ओपनर यशस्वी जैसवालले शतक पूरा गरे । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै एक सय रन बनाए । यस्तै कप्तान ऋतुराज गायकवाडले २५ रनको योगदान गरे । उनले २३ बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

तिकल बर्मा २ रनमा आउट भए भने जितेश शर्मा ५ रन बनाएर पभेलियन फर्किए । शिवम दुबे २५ र रिंकु सिंह ३७ रन बनाएर नट आउट रहे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।

Loading...