कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट झन्डै एक लाखका सामान बरामद

कञ्चनपुर:  कञ्चनपुरमा झन्डै एक लाखका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थानबाट ९३ हजार ४ सय मूल्य बराबरका सामान सोमवार साँझ प्रहरीले बरामद गरेको हो।

भिमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्कबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको धोती, लेडिज सुट लगायतका सामान र पुनर्वास नगरपालिका–११ भिमबस्ती, डोकेबजारबाट अन्दाजी ७४ हजार ४ सय मूल्य बराबरको रेडिमेट सुट, धोती, गाडीको क्लोज प्लेट लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Loading...