अत्तरिया : कैलालीको गोदावरी नगरपालीका ९ भल्का सेहरीमा आजदेखी महायज्ञ सुरु भएको छ । शिवकुण्ड महादेव ग्वासी समैजी देवता विराट धार्मीक महायज्ञ २०८० को आयोजनामा सुदुरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाको प्रमुख आतिथ्यतामा महायज्ञको उद्दघाटन भएको आयोजक समितिका संयोजक रामेश्वर ओझाले बताउनुभयो । आज उद्दघाटन समारोहमा कलश यात्रा, सामुदायीक सांस्कृतीक नृत्य लगायतका कार्यक्रमहरु भएका थीए ।
शुन्य लागत र गाउँका सबैको सहकार्य र सहयोगमा आयोजना गरिएको महायज्ञ आजबाट २१ गतेसम्म संचालनमा रहने छ । पर्यटकीय स्थल भल्काको सर्वांगीण बिकास र प्रचार प्रसार का लागी महायज्ञ आयोजना गरिएको ओझाले बताउनुभयो । महायज्ञमा प्रमुख कथा वाचक श्री अच्युतशरण महाराज ज्यु (धिताल) हुनुहुन्छ भने महायज्ञमा बालसंस्कार अभियन्ता पुज्य समीक्षा गिरी ज्युको पनी उपस्थिती रहेको छ । महायज्ञको प्रमुख ब्यवस्थापनमा रेशम गीरी र यज्ञ आचार्य पण्डित मा श्री वासुदेव जोशी छन।
उक्त महायज्ञमा भक्तजनका लागी तुलादान,भुमिदान, गौदान,प्रसाद वितरण, विशेष पुजा, ब्रतबन्ध, विवाह, ग्रहशान्ति र अन्य सेवाहरु उपलब्ध गराइने मुल आयोजक समितिका सहसंयोजक अमरसिंह राना ले बताउनुभयो।
महायज्ञका दैनिक कार्यहरूमा विहान ६ बजेदेखि ७ वजेसम्म योग बिज्ञान शिविर,८ बजेदेखि १२ बजेसम्म श्रीमद्भागवत को पाठपारायण, पुजाअर्चना र १००८ शालिग्राम परिक्रमा, दिउँसो १२ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरुद्वारा भजन कीर्तन को प्रदर्शन आरती, पुष्पाञ्जलि तथा प्रसाद वितरण,साझ ६ बजेदेखि ७ बजेसम्म बाल संस्कार र साँझ सात ३० देखी दस ३० सम्म रात्रीकालीन कथा प्रवचन,भजन कीर्तन झाँकी प्रदर्शन रहेको मुल आयोजक समितिका महासचिव दुर्गा भण्डारी ले बताउनुभयो।