वडा कार्यालय संग समन्वय नगरी भ्रमण गर्न नपाइने

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ को कार्यालयले समन्वय नगरी शैक्षिक भ्रमण नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

वडा कार्यालयले एक सुचना जारी गर्दै वडा कार्यालयसंग समन्वय गरेर मात्रै शैक्षिक भ्रमण गर्न वडाभित्रका विद्यालयहरुलाई आग्रह गरेको हो ।

सामुदायिक विद्यालयहरु शैक्षिक भ्रमणका नाममा विद्यालय बन्द गरेर भ्रमण गरिरहेको जनगुनासो आएपछि वडा कार्यालयसंग समन्वय गरेर मात्रै शैक्षिक भ्रमण गर्न विद्यालयहरुलाई आग्रह गरिएको वडाध्यक्ष अर्जुन साउँदद्धारा जारी सूचनामा उल्लेख छ ।

शैक्षिक भ्रमणका नाममा विद्यालय बन्द गरिदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने भएकाले त्यसो गरिएको वडा अध्यक्ष साउँदले बताए ।

यस वडामा रहेका सामुदायिक विद्यालयहरु शैक्षिक भ्रमणका नाममा विद्यालय बन्द गरी भ्रमण गरिरहेको भन्ने जनगुनासो आएकाले वडा कार्यालयसंग समन्वय गरी शैक्षिक भ्रमण गर्न हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।

Loading...