दार्चुला : दार्चुला जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको छ।
ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको पीडितले गुनासो गरेकी छीन। बसन्ती नौगाड गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन्।
कुटपिटबाट टाउको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि धनगढीको मायामेट्रो अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।
पीडित पक्षले जयराम विरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए।