कञ्चनपुर प्रहरीले मोबाइल खोजी गरी सम्वन्धितलाई बुझायो

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हराएका मोबाइल खोजी गरेर सम्वन्धित व्यक्तिलाई बुझाएको छ। विभिन्न मितिमा हराएका मोबाइल खोजेर प्रहरीले मंगलबार सम्वन्धित व्यक्तिलाई बुझाएको हो।

विभिन्न मितिमा मोवाइल हराएको भन्दै खोजतलासका लागि आइएमइआइ नम्बरसहित प्रहरीमा निवेदन परेपछि चार थान मोबाइल खोजेर सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मोबाइल धनीलाई प्रहरी कार्यालयमै बोलाएर फेला परेका मोबाइल बुझाएको हो।

Dhn_Laingik Hinsa 2082
Loading...