अत्तरिया : बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।
आज (मंगलबार) २ बजेर ४१ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युटको भुकम्प गएको हो ।
भुकम्पको धक्का महसुस प्रदेशभरी नै गरिएको भन्दै स्थानीयले सामाजिक सञ्चालमा पोस्ट गर्न थालेका छन । भुकम्पको धक्काको महसुस तराइका जिल्लामा पनि गरिएको थियो ।