इन्जिनियरलाई कुटपिट गर्ने ठेकेदारले सार्वजनिक रुपमा मागे माफी

धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियरमाथि कुटपिट गर्ने निर्माण व्यवसायीले सार्वजनिक रुपमा माफी मागेका छन्।

सडक निरीक्षणको क्रममा गुणस्तरहीन काम सदर नगरेको भन्दै इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी भीमसेन रानाले बुधवार सार्वजनिक रुपमै गल्ती भएको भन्दै माफी मागेका हुन्।

कञ्ज बजार सडक स्तरोन्नति आयोजनाको निरीक्षण गर्न बोलाएर लालझाडी वडा नम्बर २ घर भएका सो आयोजनाको ठेक्का पाएका भीमसेन राना, जगदिश राना र नरेश रानाले इन्जिनियर अवस्थीलाई मंसिर ११ गते दिउँसो कुटपिट गरेका थिए।

उनीहरूले आवेगमा आएर इन्जिनियर अवस्थीलाई कुटपिट गर्नु गल्ती भएको स्वीकार्दै सार्वजनिक रुपमा इन्जिनियर अवस्थीसँग माफी मागेका हुन्। लिखित कागज गर्दै उनीहरूले आगामी दिनमा कुनै किसिमको दुर्व्यवहार र प्रतिशोधको भावना नलिने भन्दै माफी मागेका हुन्।

Deep Jyoti Pustak psl
Loading...