अत्तरिया : कैलालीको अत्तरियाबाट प्रहरीले ठुलो परिमाणमा अवैध मदिरा बरामद गरि नष्ट गरेको छ ।
आज (बुधबार) गोदावरी नगरपालिका वडा नम्बर १ स्थित वरपिपल गल्लीबाट २ हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको हो ।
तीन वटा घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायव निरीक्षक (डिएसपी) गणेश बरालले बताए ।
बरामद गरेको अबैध मदिरा वडा नम्बर १ का जनप्रतिनिधी, अत्तरिया उधोग वाणिज्य संघका प्रतिनिधि र पत्रकारको रहोबरमा ईलाका प्रहरी कार्यालय मालाखेतीको हाताभित्र नष्ट गरिएको उनले बताए ।



