ढुङ्गा लागेर बाजुरामा एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगर पालिका ३ का ३७ वर्षीया धर्मा विस्टको मृत्यु भएको हो ।

बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा लागेर विस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायाले बताए ।

बिहिवार बिहान ८ बजे तिर ढुङ्गा लागेर घाइते भएकी विस्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र पुगाउँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

Loading...