धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउदै छन्। कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउन लागेका हुन्।
आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला सुरु हुँदै छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीको पशुपति टोलमा आजदेखि महोत्सव सुरु हुन लागेको हो ।
सुदूरपश्चिमको उद्योग, पर्यटन तथा व्यापारको प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
सुरक्षाको लागि सीसी टिभी क्यामेरा पनि जडान गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।