सुदुरपश्चिमेली नेपाली समाज साउदीद्वारा डोटीको घण्टेश्वरमा शैक्षिक सामाग्री वितरण

अत्तरिया : डोटीको घण्टेश्वर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । जोरायल गाउँपालिका वडा नं १ मा रहेको घण्टेश्वर आधारभूत विद्यालयको ६६औ वार्षिकोत्सबको अवसरमा सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबले उक्त सामाग्री विद्यार्थीहरुलाइ वितरण गरेको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कक्षा १ देखी ८ सम्मका अध्ययनरत ७६ जना बालबालिकाहरुलाई ट्रयाक सुट, कपि, पेन, स्कुल ब्याग लगायत शैक्षिक सामाग्री बितरण गरिएको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल संस्थाकी अध्यक्ष तथा समाजसेवी चादनी ऐरले बताईन् ।

सुदुरपश्चिमेली नेपाली समाज साउदीका उपाध्यक्ष चक्र मल्लको बिशेष पहलमा समाजका अध्यक्ष खेमराज भट्ट लगायत टिमको सहयोगमा समाजसेवी ऐरले समुन्वय गरेकी थिईन् । विद्यालयका प्रध्यानाध्यापक मान बहादुर मल्लको सहकार्यमा बिद्यार्थीहरुलाई वितरण गरिएको छ ।

अत्ति बिकट गाउँमा रहेको स्कुलमा सहयोग गर्दा बिद्यार्थीहरुका अभिभावक र बिद्यालयले धन्यवाद ज्ञापन गरेका थिए भने सहयोगी सम्पूर्णलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा डा.कृष्ण दत्त जोशी (बोक्सर), प्रवेश केसि, बिमल मल्ल लगायतको उपस्थित रहेको थियो ।

Loading...