भूकम्पपछि बझाङकी एक महिलाले जन्माइन् चौरमा बच्चा

अत्तरिया: भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ।

जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो।

अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले बताए ।

Deep Jyoti Pustak psl
Loading...