सुदूरपश्चिम महोत्सवको दोस्रो दिन : आज शान्ति श्री परियार र प्रताप दास आउने

धनगढी : सुदूरपश्चिम महोत्सवको दोस्रो दिन आज चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

आज महोत्सवमा चर्चित कलाकार शान्ति श्री परियार र प्रताव दास आउने सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । स्थानीय कलाकारहरु डिग्रा देवि गाइने र राज केशव भट्ठको पनी प्रस्तुती रहने कुँवरले बताए ।

आज विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता गराइने छ । हिजो मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन् ।

महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Dhangadhi 2081
Loading...