डडेल्धुरा : डडेल्धुराको आलितालका एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
रुखबाट लडेर घाइते भएका आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँदको मृत्यु भएको हो।
साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए। उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
तर उपचारकै क्रममा उनको मृत्युु भएको हो।