धनगढी : सुदूरपश्चिम महोत्सवको तेस्रो दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
आजको कार्यक्रममा चर्चित गायिका एलिना चौहान र गायक उर्गेन डोङ आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए । स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले बताए ।
मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन् ।
महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।