बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

बझाङ : बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ बिलै बस्ने २५ वर्षीय राम कुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार बिहान चौडाम बगर धामीराटी कुलोमा पानी फर्काउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नेक्रममा चौडमा बगरको कान्द्वाल भीरमा हिजो साँझ ७ : ४५ बजेको समयमा मृत फेला परेका थिए ।

मृतक भण्डारीको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Dhangadhi 2081
Loading...