बैतडीमा एघार वर्षीया बालिका घाइते

बैतडी : बझाङको तलकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको झट्काले भिरबाट खसेको ढुंगा लागेर बैतडीमा एक बालिका घाइते भएकी छन्।

घाइते हुनेमा डिलाशैनी गाउँपालिका–२ रोपनीबगडकी ११ वर्षीया निरा भण्डारी छिन्।

लटिनाथ आधारभूत विद्यालय अमरखेतका शिक्षक लोकेन्द्रबहादुर धामीका अनुसार कक्षा–४ मा अध्ययनरत भण्डारी विद्यालय छुट्टी भएपछि घर फर्किरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर बायाँ खुट्टा भाँचिएको छ।

बालिकालाई तत्काल स्थानीय सेला स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरिएको र स्वास्थ्यकर्मीले खुट्टा भाँचिको बताएको उनले बताए।

बालिकालाई थप उपचारका लागि ठूलो अस्पताल लैजानुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।

Deep Jyoti Pustak psl
Loading...