अत्तरिया : कैलालीको गोदावरीमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज (आइतबार) अभियानका बारेमा अन्तरक्रिया र समीक्षा गर्दै कार्यक्रम समापन गरेको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा देवी रोकायाले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने बताईन् । उनले अहिलेको सताब्दीमा आएर महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताईन् । पछिल्ला केही बर्ष यता हिंसामा कमि आएको उनको भनाई छ । नगर उपप्रमुख रोकायाले हिंसालाई बढुवा दिन पनि नहुने र सहन पनि नहुने जिकिर गरिन । हिंसा न्यूनीकरणको लागि १६ दिने अभियान मात्रै नभई समाजका सबैले सधै एकजुट हुनुपर्ने बताईन् ।
१६ दिन सम्म नगरपालिकाका सबै वडाहरुमा विभिन्न संघ संस्थाको सहकार्यमा हिंसा न्यूनीकरणको सचेतता मुलुक कार्यक्रम गरिएको महिला,बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीले बताईन् । उनले बिभिन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिनुका साथसाथै स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री सम्प्रेषण गरीएको बताईन् ।
समापन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिदत्त भट्ट, ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी निरिक्षक रबिन्द्र बहादुर कठायत, बिभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थीती रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ ।

