धनगढी : सुदूरपश्चिम महोत्सवको चौथो दिन आज चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । हिजो चर्चित गायिका एलिना चौहान र गायक उर्गेन दोङले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।
आज भने चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए ।
त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले बताए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ