धनगढी : डडेल्धुरामा पर्यटक भिषामा आएर इसाई धर्म प्रचारप्रसार गर्ने विदेशी पक्राउ परेका छन् । इसाई धर्म प्रचार गरिरहेको पाइएपछि प्रहरीले विदेशी नागरिकसंग प्रचार सम्बन्धीका किताब पनी भेटिएकाले बरामद गरेर उनीहरुलाइ नियन्त्रणमा लिएको हो।
जिल्लाको भागेश्वर गाउँपालिकामा धर्म प्रचार गरिरहेको अवस्थामा पर्यटन भिषामा नेपाल आएका स्विटजरल्याण्डकी सिमो ली मर्ज, नेदरल्याण्डकी हन्ना डोरोथ भीड्ढ, एड्रीना जोहन्ना माटिया भेन डी विर्डलाइ नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाइबुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ ।
उनीहरुले विपन्न वर्ग तथा अशक्त, असहायहरुलाई आर्थिक सहयोग गर्ने, विभिन्न प्रलोभन देखाएर इसाई धर्म अवलम्बन गर्न लगाउने गर्दै आएको प्रहरीले बताएको छ ।