कञ्चनपुरका उखु किसान आन्दोलित

कञ्चनपुर : कञ्चनपुरको एक नगरपालिकाका किसानहरु आन्दोलित भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर मिल पुगेका किसानहरु सोमवार आन्दोलित भएका हुन्।

उखु काटिसकेपछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन्। बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राखेपछि विवाद उतपन्न भएको हो।

काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले गुनासो गरेका छन्। सिमावर्ती क्षेत्रबाट उखु भित्रने गरेको र स्थानीय किसानहरुलाई भने पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुको आरोप छ।

किसान आन्दोलित भएपछि उक्त स्थानमा प्रहरी खटाइएको छ।

Deep Jyoti Pustak psl
Loading...