अत्तरिया : सुदूरपश्चिम महोत्सवको पाँचौ दिन आज चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
हिजो चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी, नरेश जोशी र स्थानीय कलाकार हरुले चर्चित दर्सक हरुलाई मनोरञ्जन गराएका थिए । आज चर्चित लोक गायक रामजी खाँड लाइभ दोहोरी गायक श्याम राना र लाइभ दोहोरी गायिका इब्सु सँज्याल आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए ।
त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने संयोजक कुँवरले बताए। मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ ।
यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी , स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन्। साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
