धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य ४४ हजार २ सय २० बराबरको चिनी, नरिवल, मिठाई, ललिपप लगायतका सामान बरामद गरिएको हो।
यस्तै भजनी नगरपालिका–३ काँडा स्थित अन्दाजी १० हजार ९ सय २० बराबरको सुर्ती, गुट्का, बिडी लगायतका सामान बरामद गरिएको छ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार ४ सय मूल्य बराबरको सुपारी, प्लाष्टिक, बदाम, सुर्ती लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
